सप्तरी, १० फागुन । उपेन्द्र यादवले संघीय प्रणालीको रक्षा मधेशको बलियो उपस्थिति र सतर्कतामा निर्भर रहेको बताएका छन् ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष यादवले संघीयताको स्थापना मधेशको संघर्ष र बलिदानबाट सम्भव भएको उल्लेख गर्दै संघीयता कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए ।
सप्तरी–३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका उनले संघीयता, अधिकार र स्वाभिमानको रक्षा गर्न जसपा नेपाललाई मतदानमार्फत् बलियो बनाउन मतदातासँग अपील गरे ।














