काठमाडौं, १० फागुन । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरेको छ ।
आयोगले आइतबार सरकारलाई औपचारिक पत्र लेख्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन आग्रह गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका दिन मतदाताको सहभागिता अझ प्रभावकारी र उत्साहजनक बनाउन बिदा आवश्यक रहेको बताएका छन् ।
उनले निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार भएकाले नागरिकलाई सहज रूपमा मतदानमा सहभागी गराउन सार्वजनिक बिदा उपयोगी हुने उल्लेख गरे ।
साथै, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, विद्यार्थी र श्रमिकलाई मतदान अधिकार प्रयोग गर्न सहज हुने आयोगले बताएका छन ।














