काठमाडौं, १० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन् ।
चुनाव स्थगित गर्ने प्रयास भइरहे पनि एमाले भने कुनै अलमल नगरी चुनाव जित्ने तयारीमा लागिसकेको उनले बताए ।
अध्यक्ष ओलीले निर्वाचन तयारीमा राज्य र उम्मेदवार दुवैतर्फ ठूलो खर्च भइसकेको उल्लेख गर्दै अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको धारणा राखे ।
साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै आधारविहीन रूपमा अत्यधिक उग्र भएको टिप्पणी गरेका छन् ।














