काठमाडौं, १० फागुन । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
नेपाल हिमाली क्षेत्र भएकाले यस्ता भूकम्प समय–समयमा जाने गरेको केन्द्रले जनाएको छ ।














