धनगढी, ९ फागुन । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्ग अन्तर्गत कैलालीको अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार दुर्घटनामा घाइते भएका तीन जनालाई धनगढीतर्फ उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।
मृतकमा धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली, गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र अन्दाजी २३ वर्षीय हरिश पार्की रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते गोदावरी–६ का २३ वर्षीय जीवन पाठकको उपचार भइरहेको छ । प्रहरीले घटनास्थलको अवस्थाले मोटरसाइकल अत्यधिक गतिमा रहेको देखिएको जनाएको छ ।














