काठमाडौं, ९ फागुन । दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओली विरुद्ध असभ्य नाराबाजी गरेको घटनाबारे निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
आयोगले रास्वपा सभापतिका नाममा पत्र पठाउँदै, घटनाको यथार्थ विवरण र झण्डा जलाउने तथा असभ्य नाराबाजी भएको–नभएकोबारे पत्र प्राप्त भएको २४ घण्टाभित्र इमेलमार्फत स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको छ ।














