काठमाडौं, १५ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार राति र बिहान गस्ती बढाइएको हो । लागुऔषध र विस्फोटक पदार्थ पहिचानका लागि कुकुरसहित चेकजाँच तथा ‘सरप्राइज’ निरीक्षण तीव्र पारिएको प्रहरीले जनाएको छ ।
संवेदनशील स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको एकीकृत गस्ती सञ्चालन भइरहेको छ भने शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि छाड्ने गरिएको छ।
निर्वाचन बिथोल्न सक्ने गतिविधिमाथि सूचना संकलन गरी सोहीअनुसार सुरक्षा परिचालन गरिएको प्रहरीको भनाइ छ ।














