काठमाडौँ, १५ माघ । प्रहरीले रातिको समयमा लुटपाट र आतङ्क मच्चाउँदै आएका १० जना लुटेरालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जेन–जी आन्दोलनपछि राति १२ बजेदेखि बिहान ४ बजेसम्म हिँड्ने व्यक्तिलाई लक्षित गरी लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ रहेको प्रहरीले जनाएको छ ।
बुधबारदेखि सञ्चालन गरिएको सर्च अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् । यस गिरोहले काठमाडौँका विभिन्न क्षेत्रमा २७ वटा लुटपाट गरेको पुष्टि भएको छ ।
पक्राउका क्रममा दोहोरो झडप हुँदा प्रहरी र मुख्य अभियुक्त घाइते भएका छन् । उनीहरूबाट मोटरसाइकल, ट्याक्सी, सुनका गहना र नगद बरामद गरिएको छ ।














