काठमाडौं, १५ माघ । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते आइतबार जापान भ्रमणमा जाने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गरेको हो ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।














