काठमाडौं, १५ माघ । काठमाडौंको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न १० जनालाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ ।
रातिको समयमा व्यक्तिहरूलाई पछ्याएर गहना र नगद लुटपाट भइरहेका घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित भई उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउका क्रममा आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप विवरण पछि सार्वजनिक गरिनेछ ।














