काठमाडौँ, १३ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबाट भइरहेका अमर्यादित र घृणाजन्य अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले यस्ता अभिव्यक्ति तत्काल बन्द गर्न आग्रह गर्दै विचार अभिव्यक्तिको नाममा अरूको मर्यादा र शान्ति सुरक्षामा असर पर्न नहुने स्पष्ट पारेको छ ।
आयोगले राजनीतिक नेता, उम्मेदवार र सर्वसाधारणलाई सामाजिक सञ्जाल प्रयोग गर्दा शिष्ट र मर्यादित भाषा प्रयोग गर्न, घृणायुक्त अभिव्यक्तिको प्रचार नगर्न र निर्वाचन आचारसंहिताको पालना गर्न निर्देशन दिएको छ ।














