जनकपुर, ११ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष तथा हालै जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका महन्थ ठाकुर मधेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
८३ वर्षीय ठाकुरले अन्य क्लस्टरतर्फ ७ हजार ७२५ मतभार प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मण पौडेलले १ हजार ८०५ मतभार ल्याएका छन् ।
ठाकुर कांग्रेस, एमाले, जसपा र जनमत पार्टीको गठबन्धनबाट उम्मेदवार बनेका थिए । महोत्तरी निवासी ठाकुर मधेश राजनीतिका अनुभवी नेता मानिन्छन् ।














