काठमाडौं, ११ माघ । प्रधानमन्त्री सुशीला कार्कीले युवा विद्यार्थीलाई स्वदेशमै अवसर खोजेर मुलुक निर्माणमा योगदान दिन आह्वान गरेकी छिन् ।
आइतबार काठमाडौंमा सम्पन्न नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले चुनौतीबाट भाग्ने होइन, सामना गर्दै नयाँ अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।
समारोहमा प्रधानमन्त्री कार्कीले विभिन्न सङ्कायका ५४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिन् । तीमध्ये १९१ विद्यार्थी समारोहमा सहभागी थिए ।
उत्कृष्ट प्रदर्शन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई कुलपति पदक प्रदान गरिएको थियो ।














