काठमाडौं, १० माघ । निर्वाचन आयोगमा तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
नेकपा एमालेका चन्देश्वर मण्डलमाथि आदिवासी भएकाले मधेशी क्लस्टरमा समावेश गर्न नमिल्ने दाबी गर्दै उजुरी परेको हो । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका जीवन लामा अपाङ्गता समूहमा समावेश भए पनि अपाङ्गता नभएको आरोप लगाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाविरुद्ध भने जग्गा अनधिकृत बेचबिखनसम्बन्धी मुद्दा अख्तियारमा विचाराधीन रहेको भन्दै उजुरी परेको छ ।
आयोगले प्राप्त उजुरीहरू एकीकृत गरी अध्ययन सुरु गरेको छ। समानुपातिकतर्फको अन्तिम नामावली माघ २० गते प्रकाशन हुने निर्वाचन कार्यतालिका छ ।














