एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
भारी हिमपातपछि आएको हिमपहिरोमा एकै परिवारका १० जना फसेका थिए, जसमध्ये एक जना बालकलाई जीवितै उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् ।
प्रतिकूल मौसम जारी रहेकाले पहाडी क्षेत्रमा सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।














