काठमाडौं, १० माघ । उज्यालो नेपाल पार्टीले म्याग्दीबाट प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार एवं पूर्व शिक्षामन्त्री डा. महावीर पुनलाई समर्थन गर्ने घोषणा गरेको छ ।
पार्टीका प्रवक्ता डा. राजु थापाले शनिबार जारी विज्ञप्तिमार्फत फागुन २१ गते हुने निर्वाचनमा पुनको पक्षमा उभिने निर्णय सार्वजनिक गरेका हुन् ।
पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डासँग पुनको उम्मेदवारी मेल खाने उल्लेख गर्दै मतदाता र समर्थकहरूलाई उनको पक्षमा मतदान गर्न आग्रह गरेको छ ।














