काठमाडौं, १० माघ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित विभिन्न दल परित्याग गरी काभ्रेपलान्चोकलगायत जिल्लाका ५२ जना युवा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
काभ्रेपलान्चोक–१ का प्रतिनिधि सभा उम्मेदवार सूर्य मान तामाङ ‘दोङ’को पहलमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई स्वागत गरे ।
सो अवसरमा प्रचण्डले निर्वाचनमा हुने आर्थिक चलखेल रोक्न सके आगामी चुनावमा नेकपा पहिलो शक्ति बन्ने दाबी गरे ।
उनले स्वच्छ र निष्पक्ष निर्वाचनमार्फत पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए ।














