काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले राजीनामा दिएको कांग्रेसका एक पदाधिकारीले पुष्टि गरेका छन् ।
पौडेलको राजीनामापछि सचिव प्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकको सूचना जारी गरेका हुन् ।
नयाँ नेतृत्व चयनपछि कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ, जहाँ नव निर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने तयारी रहेको बताइएको छ ।














