विराटनगर, ७ माघ । झापा–५ मा उम्मेदवारी दिएका रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँका निवर्तमान मेयर बालेन शाहको दमकस्थित डेरामा एकै दिन करिब तीन हजार शुभचिन्तक र मतदाताको भिड लागेको छ ।
उनले सबैलाई डेरामै भेटघाट गर्दै विभिन्न दलका कार्यकर्ता र समर्थकका कुरा सुने। भेटघाटका क्रममा एमालेनिकट युवा संघका केही नेतासमेत रास्वपामा प्रवेश गरेका छन्।
बालेन आज इलाम र भोलि ताप्लेजुङ पुग्ने कार्यक्रम छ । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले दमकमा आयोजित कार्यक्रममा नयाँ राजनीतिक शक्तिप्रति सावधानी अपनाउन आग्रह गर्दै २०६४ सालको निर्वाचनमा आफूले भोगेको पराजय सम्झिए ।
उनले नयाँ शक्ति उदयले देशलाई अन्योलमा पारेको आरोप लगाउँदै झापा–५ मा एमालेले गरेको विकासको दाबी गरे । साथै सुकुमबासीलाई डराउन नपर्ने भन्दै एमाले रहेसम्म डोजर नचल्ने आश्वासन दिए ।














