जनकपुर, ७ माघ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पुनः सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
२०७९ को निर्वाचनमा यही क्षेत्रबाट फराकिलो मतान्तरसहित विजयी भएका राउतलाई यसपटक भने कडा चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।
एमालेले राउतलाई चुनौती दिन पूर्व जनमत नेता तथा मधेसका पूर्व मुख्यमन्त्री सतीश सिंहलाई उम्मेदवार बनाएको छ । केही महिनाअघि जनमत त्यागेर एमाले प्रवेश गरेका सिंह नै अहिले राउतका मुख्य प्रतिस्पर्धी बनेका हुन् ।
यसपटक सप्तरी–२ मा कांग्रेस, नेकपा, जसपा, रास्वपा र राप्रपाका उम्मेदवारहरू समेत मैदानमा छन् ।














