काठमाडौँ, ७ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार उजुरी परेपछि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
माघ ९ गते उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्वजनिक गर्ने र सोही दिन निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । प्रत्यक्षतर्फ कुल २ हजार ९२५ उम्मेदवारी परेका छन्, जसमा ३३६ महिला र २ हजार ५८९ पुरुष छन् ।














