काठमाडौँ, ५ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
सरकारसँग पटक–पटक वार्तामा सहभागी हुँदै आएका प्रसाईंलाई निर्वाचन आयोगको निर्देशनपछि प्रहरीले पोखराबाट पक्राउ गरेको साइबर ब्यूरोले जनाएको छ ।
प्रसाईंले निर्वाचन आयोगका अधिकारीलाई करोडौँ रुपैयाँ दिएर गगन थापाले नेपाली कांग्रेसको आधिकारिकता पाएको दाबी गरिएको अडियो सार्वजनिक भएपछि आयोगले उनलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
सरकारसँग सहमति भएको केही दिनमै उनी पक्राउ परेका हुन् ।














