काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन् ।
उनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । उपमेयर डंगोलले राजीनामा प्राप्त भएको पुष्टि गरेकी छन् ।
राजीनामापछि बालेन रास्वपाको केन्द्रीय कार्यालय जाने तयारीमा छन्, जहाँ कार्यकर्ता र शुभचिन्तकहरूको भीड देखिएको छ ।
दिउँसो १ बजे नै पुग्ने भनिए पनि अन्तिम निर्णयमा केही ढिलाइ भएपछि उनी ढिलो पुगेका हुन् ।














