काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
राजीनामापछि उनी आज दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन् । बैठकबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंगो लगाइने छ ।
बालेन झापा क्षेत्र नं. ५ बाट चुनाव लड्ने तयारीमा रहेका छन् भने सभापति रवि लामिछानेसँगै आजै जनकपुर जाने कार्यक्रम छ ।














