रुपन्देही, ३ माघ । पूर्वमन्त्री तथा नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ बाट एकल उम्मेदवार सिफारिस भएका नेता बीरेन्द्रकुमार कनौडिया नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
शनिबार काठमाडौँमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उनले पार्टी सदस्यता ग्रहण गरेका हुन् । कांग्रेसभित्रको आन्तरिक किचलो र एमालेबाट टिकट सुनिश्चित हुने विश्वासका कारण आफू एमाले प्रवेश गरेको कनौडियाले निकटस्थलाई बताएका छन् ।
यद्यपि एमाले नेताहरूले कपिलवस्तु–३ को टिकटबारे कुनै निर्णय नभएको बताएका छन् । कनौडिया यसअघि लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता तथा संघीय सरकारमा मन्त्रीसमेत रहिसकेका छन् ।














