काठमाडौँ, ३ माघ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले संविधान–२०७२ लोकतन्त्रका लागि महत्वपूर्ण र समावेशी मोडल भएको बताएका छन् ।
सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै उनले पत्रकारिताको भूमिका समाज परिवर्तनमा निर्णायक रहेको उल्लेख गरे ।
फरक प्रसंगमा उनले नेपाली कांग्रेसले आन्तरिक विवाद समाधान गर्न नसक्दा हालैको दुखद अवस्था सिर्जना भएको भन्दै गहिरो पीडा व्यक्त गरे।
कांग्रेसकै यात्राबाट संविधान निर्माणसम्म पुगेको स्मरण गर्दै यादवले पार्टी नेतृत्वले आफ्नै ‘घर झगडा’ मिलाउन नसक्नु दुःखद भएको बताए ।














