काठमाडौं, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएकोमा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले विरोध जनाएको छ ।
शनिबार काठमाडौँमा युवा संघले प्रदर्शन गर्दै सरकारको निर्णयको चर्को विरोध गरेको छ ।
सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने, जीबी राई लगायतविरुद्ध दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएकी थिइन् ।














