काठमाडौँ, ३ माघ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले निर्वाचन आयोगबाट आधिकारिकता पाएको गगन थापा नेतृत्वको काँग्रेसलाई सबै पक्षले स्विकारेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
शनिबार आयोजित कार्यक्रममा उनले विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वलाई एकताबद्ध बनाएर अघि बढाउने दायित्व सभापति थापाको रहेको उल्लेख गरे ।
आगामी निर्वाचनमा काँग्रेस एक्लै प्रतिस्पर्धा गर्ने र बहुमतसहित गगन थापा प्रधानमन्त्री बन्ने दाबीसमेत उनले गरे । पार्टीभित्र विगतमा भएको उत्पीडन र टिकट वितरणको चलखेलकै कारण परिवर्तन आवश्यक उनले बताए ।














