काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति सदस्यहरु सानेपा स्थित पार्टी कार्यालयमा जुट्न थालेका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बिहान ८ बजेका लागि बैठक बोलाइए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन ।














