काठमाडौं, २ माघ । धितो लिलामीमार्फत ऋण असुली गर्न नसक्दा फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति (एनपीए) बढ्दो क्रममा देखिएको छ।
वाणिज्य बैंकहरूले यस क्षेत्रमा सुधार गरिरहँदा फाइनान्स कम्पनीहरू भने पछि परेका छन्।
एक महिनामै फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति १.३५ प्रतिशतले बढेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
घरजग्गा कारोबारमा मन्दीका कारण धितो बिक्री कठिन बन्दा ऋण असुली कमजोर भएको राष्ट्र बैंकले जनाएको छ।
१७ फाइनान्स कम्पनीमध्ये गुडविल फाइनान्ससँग सबैभन्दा धेरै एनपीए रहेको छ।
मंसिर मसान्तसम्म फाइनान्स कम्पनीहरूको असुली हुन नसकेका ऋण कुल निक्षेपको १२.५२ प्रतिशत पुगेको छ।














