काठमाडौं, २ माघ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफूहरू नै पार्टीको आधिकारिक नेतृत्व भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आयोगमा निवेदन दर्ता गराएको हो।
गगन थापा पक्षले विशेष महाधिवेशन गरी नयाँ कार्यसमिति गठन गरेपछि कांग्रेसमा आधिकारिकता विवाद चुलिएको छ।
दुवै पक्षले निर्वाचन आयोगमा छुट्टाछुट्टै निवेदन पेस गरेका छन् भने आयोगले ती कागजातमाथि अध्ययन गरिरहेको जनाएको छ।
कागजात बुझाउनुअघि खड्काले विशेष महाधिवेशनलाई संविधान, लोकतन्त्र र राजनीतिक परिवर्तनविरुद्धको षडयन्त्रको संकेतका रूपमा व्याख्या गर्दै प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको प्रक्रिया चलिरहेकै बेला आधिकारिकता दाबी हुनु गम्भीर विषय भएको बताएका छन्।














