काठमाडौं, १ माघ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेस कार्यसमितिका निर्णय र पार्टी विवरण अध्यावधिकका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
सहमहामन्त्री डिला संग्रौलाका अनुसार केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू आयोगमा जानकारी गराउन पुगेका हुन् ।
बुधबार विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो ।
तर शेरबहादुर देउवा नेतृत्वको पक्षले कुनै विशेष महाधिवेशन नभएको दाबी गर्दै आयोगलाई पत्र पठाइसकेको छ ।














