काठमाडौं, १ माघ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध सभापति चयन भएका छन् ।
भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनपछि निर्वाचन आयोगले सबै पदाधिकारी र केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
सभापति थापाले तत्काल शपथ ग्रहण गरेका छन् भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण बिहीबार दिउँसो हुने जनाइएको छ ।
उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन् । सहमहामन्त्रीमा विभिन्न समूह र क्षेत्रबाट आठ जना चयन भएका छन् ।














