काठमाडौं, ३० पुस । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको आज दिउँसो निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार उनी कम्मरको समस्या भएर उपचाररत थिए । सुदूरपश्चिम प्रदेश कञ्चनपुर बेदकोटका जन्मेका बोहराले २०२२ सालदेखि राजनीतिक जीवन सुरु गरेका थिए ।
उनी कञ्चनपुर काँग्रेसका संस्थापक नेता हुन् र संविधान सभा सदस्य हुँदै संसद् निर्माणमा समेत भूमिका निभाएका थिए ।














