काठमाडौं, ३० पुस । ‘सडक विस्तार पीडित’ का पक्षमा संघर्ष गर्दै आएका सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर समूह) नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समायोजन भएको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गुठी आन्दोलन, नेवाः अभियान्ता र सहकारी पीडित आन्दोलनका नेतासहित सायमी नेकपामा प्रवेश गरेका हुन् ।
समायोजनसँगै दुईपक्षबीच ३ विषय समेटिएको १७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ, जसमा संविधान संशोधन, गैरन्यायिक सडक तथा खोला मापदण्ड समस्या समाधान र सहकारी पीडितका मुद्दा समावेश छन्।
सायमी काठमाडौं–८ बाट चुनाव लड्ने तयारीमा छन् ।














