काठमाडौं, ३० पुस । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दै छ ।
बैठकमा मोर्चामा आबद्ध दलहरूले आ–आफ्ना निर्वाचन क्षेत्र र उम्मेदवारबारे प्रस्तुति दिनेछन् । मोर्चाभित्र जसपा नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच चुनावी तालमेल हुने सम्भावना रहेको छ ।
सबै दलको दाबीमाथि छलफलपछि कार्यदल गठन गरी सिट बाँडफाँटको प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।














