काठमाडौं, ३० पुस । नेकपा एमालेले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभर युवा परिचालन र जनप्रदर्शनका कार्यक्रम तय गरेको छ ।
केन्द्रीय कमिटी बैठकले क्षितिज थेबेलाई युवा परिचालन केन्द्रीय संयोजक र समिक बडाललाई सहसंयोजक तोकेको छ भने सातै प्रदेशमा अलग–अलग संयोजक जिम्मेवारी दिएको छ ।
एमाले सचिव महेश बस्नेतका अनुसार पार्टीले युवा शक्ति परिचालन गर्दै जनप्रदर्शनमार्फत चुनावी माहोल बनाउन अभियान अघि बढाएको छ ।














