जनकपुर, ३० पुस । जनकपुरको रामानन्दचौकमा टिपरको ठक्करबाट एक जना युवती गम्भीर घाइते भएकी छन् ।
जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको टिपरले सडक पार गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका–तारापट्टीकी २६ वर्षीया नितु साह रहेकी छन् ।
घटनापछि स्थानीयवासीले तत्काल घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा पु¥याएका थिए । धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बहादुर बमका अनुसार नितु साहको उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनापछि टिपरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रामानन्दचौक क्षेत्रमा सवारी चाप बढी हुने भएकाले सवारी साधनको तीव्र गति र लापरवाहीले यस्ता दुर्घटना बढ्दै गएको स्थानीयहरुले बताएका छन ।














