काठमाडौं, २९ पुस । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले १३ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश गोकुल निरौलाको इजलासले मुख्य अभियुक्त नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैद र बाँकी ७ जनालाई मुलुकी अपराध संहिता बमोजिम जन्मकैद सजाय तोकेको हो ।
अदालतले ७ जनालाई भने अभियोगबाट पूर्ण सफाइ दिएको छ । फरार प्रतिवादी लोकजंग शाहीको मुद्दा मुल्तबीमा राखिएको छ ।
सजाय पाएका १३ जनाले संयुक्त रूपमा पीडितलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति तथा पीडित राहत कोषमा रकम दाखिला गर्नुपर्ने आदेश पनि भएको छ ।














