काठमाडौं, २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिएकी छन् ।
सोमबार निर्वाचन आयोग पुगेर उनले नाम फिर्ता लिएकी हुन् । उनी खस आर्यबाट महिलातर्फ समानुपातिक सूचीमा थिइन् ।
प्रतिनिधि सभाको समानुपातिक उम्मदेवारका लागि कांग्रेसले पुस १४ मा निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा संज्ञाको पनि नाम थियो ।














