काठमाडौं, २९ पुस । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय बैठक निष्कर्षविहीन रहँदै दिउँसो पुनः बस्ने गरी टुंगिएको छ ।
विशेष महाधिवेशन आह्वान गर्ने र त्यसको विपक्षमा रहेका पक्षबीच सहमति खोज्न बिहानदेखि छलफल भएको थियो ।
वार्तामा विशेष महाधिवेशन किन आवश्यक भयो भन्ने विषयमा प्रारम्भिक छलफल मात्र भएको र दिउँसो २:३० बजे पुनः बैठक बस्ने निर्णय भएको विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले जानकारी दिए ।














