काठमाडौं, २९ पुस । विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसमा उत्पन्न विवाद समाधानका लागि लाजिम्पाटमा वार्ता सुरु भएको छ ।
बिहान साढे ८ बजेदेखि संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षबीच छलफल भइरहेको हो ।
वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र मिनेन्द्र रिजाल तथा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन् ।














