काठमाडौं, २८ पुष । सरकारले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गतेदेखि राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको यो निर्णयसँगै राष्ट्रियसभा अधिवेशनको औपचारिक प्रक्रिया अघि बढेको छ । संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने प्रावधान रहेको छ ।
आगामी अधिवेशनमा विभिन्न विधेयकहरू, नीति तथा कार्यक्रमसम्बन्धी छलफल, समसामयिक राष्ट्रिय मुद्दा तथा सरकारका कामकारबाहीबारे सांसदहरूले प्रश्न उठाउने अपेक्षा गरिएको छ ।














