एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विषयमा अमेरिका केही “बलिया विकल्प” विचार गरिरहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा ट्रम्पले इरानको अवस्थालाई गम्भीर रूपमा निगरानी गरिरहेको र आवश्यक परे कडा कदम चाल्न सकिने संकेत दिए ।
इरानमा जारी सरकारविरोधी प्रदर्शनका बीच अमेरिकी हस्तक्षेपको चेतावनीपछि तनाव बढेको छ । इरानले भने अमेरिका आक्रमणमा उत्रिए इजरायल र त्यहाँ रहेका अमेरिकी सैन्य अड्डा निसानामा पर्ने चेतावनी दिएको छ ।
इरानमा पछिल्ला दुई हप्तामा कम्तीमा २१७ प्रदर्शनकारी मारिएको र २ हजार ६ सयभन्दा बढी पक्राउ परेका बताइएको छ ।














