काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्द सत्रमा सहभागी हुने भन्ने सूचनालाई उनका सचिवालयले असत्य भएको स्पष्ट पारेको छ ।
सामाजिक सञ्जालमा भृकुटीमण्डप जाने हल्ला फैलाइएको भन्दै देउवाका स्वकीय सचिव भानु देउवाले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
सचिवालयका अनुसार आज सभापति देउवाको भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन । यसअघि केही नेताहरूले विशेष महाधिवेशन सफल बनाउन बन्द सत्रमा सहभागी हुन देउवालाई आग्रह गरेका थिए ।














