काठमाडौं, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एकता सहमति भएको छ ।
सहमतिअनुसार पार्टीको समग्र नेतृत्व सभापति रवि लामिछानेले गर्नेछन् भने बालेनलाई पार्टीभित्र सभापतिपछिको दोस्रो वरीयता दिइने भएको छ ।
यद्यपि बालेन औपचारिक रूपमा केन्द्रीय सदस्य मात्रै रहनेछन् । आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने समझदारी समेत भएको छ ।














