काठमाडौं, १२ पुस । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको एकताको प्रस्ताव अस्वीकार गरेको छ ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले रास्वपाको नेतृत्व, पार्टी नाम र चुनाव चिन्हसम्बन्धी प्रस्तावमा सहमत हुन नसक्ने निष्कर्ष निकालेको हो ।
पार्टीले एकताको ढोका बन्द नगरे पनि सहअस्तित्व सुनिश्चित हुने गरी थप संवाद र गृहकार्य गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको छ । उज्यालो पार्टीले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने स्पष्ट गरेको छ














