काठमाडौं, ६ पुस । रास्वपा सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा बाजागाजासहित स्वागत गरिएको छ ।
भैरहवा कारागारबाट छुटेर लामिछाने हिजोमात्रै काठमाडौं आइपुगेका थिए । उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको हो ।
स्वागत लगत्तै आजै केन्द्रीय समिति बैठक पनि बस्ने रास्वपाले जनाएको छ ।














