काठमाडौं, ६ पुष । घरेलु टोली अस्ट्रेलियाले लगातार तेस्रो टेस्ट जित्दै दुई खेल बाँकी रहँदै एसेज सिरिज कब्जा गरेको छ ।
आइतबार एडिलेडमा भएको तेस्रो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ८२ रनले पराजित गर्दै सिरिजमा ३–० को अग्रता लिएको छ । ४३५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङ्समा ३५२ रनमै अलआउट भयो ।
अस्ट्रेलियाका स्टार्क, कमिन्स र लियोनले समान ३–३ विकेट लिए । ट्राभिस हेडको १७० रनको इनिङ्स र एलेक्स क्यारीको ७२ रनको योगदानले अस्ट्रेलियाले विशाल लक्ष्य खडा गरेको थियो ।
दुई इनिङ्समा १७८ रन र ६ क्याच लिएका क्यारी प्लेयर अफ दि म्याच घोषित भए ।














