काठमाडौँ, ६ पुष । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले परम्परागत चिकित्सा पद्धतिलाई स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण अंग र कार्यक्रमका रूपमा अघि बढाएको बताएकी छन् ।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिका लागि स्वास्थ्य मन्त्रालयले नै नेतृत्व गर्दै आएको स्पष्ट पारिन् ।
उनले आयुर्वेद र परम्परागत चिकित्साका लागि आवश्यक बजेट विनियोजन गरिएको, साथै राष्ट्रिय नीति, स्वास्थ्य नीति र पञ्चवर्षीय रणनीतिमा पनि यससम्बन्धी कार्यक्रम समेटिएको जानकारी दिइन् ।














